C-for-Chinese@JC

सांस्कृतिक रूपमा उत्तरदायी शिक्षा मानकहरु

सांस्कृतिक उत्तरदायित्व

सांस्कृतिक उत्तरदायित्व भन्नाले सांस्कृतिक विविधतालाई अँगाल्न विभिन्न संस्कृतिहरूमा अनुकूलन गर्ने मानिसहरूको दक्षता अभिवृद्धि गर्ने अभ्यासहरूलाई जनाउँदछ। समानता, स्वीकृति, र समावेशीतामा राख्दै, सांस्कृतिक र भाषिक रूपमा विविध शिक्षार्थीहरूलाई सिक्ने र सिकाउने र सहयोग गर्ने सेवाहरू सांस्कृतिक उत्तरदायित्वलाई शिक्षामा आधारभूत सिद्धान्तको रूपमा प्रवर्द्धन गरिएको छ।

सांस्कृतिक रूपमा उत्तरदायी शिक्षा मानकहरु

"सांस्कृतिक रूपमा उत्तरदायी शिक्षा मानकहरु" (सिआरईबिएम) एक व्यवस्थित प्रमाण-आधारित ढाँचा हो जसले जातीय अल्पसङ्ख्यक बालबालिकाको चिनियाँ भाषा र सामाजिक-भावनात्मक शिक्षामा दक्षता बढाउनको लागि "घर-विध्यालय-समुदाय" सहयोगी मोडेलसँग सांस्कृतिक प्रतिक्रियालाई एकीकृत गर्दछ। मानकहरु स्थानीय किन्डरगार्टेनहरुमा नीतिबाट अभ्यासमा सिआरई प्रवर्द्धन गर्ने हो।

किन्डरगार्टेन्स १ को लागि ईडिबीको कार्यसम्पादन सूचकहरू अनुरूप, मानकहरुले विद्यालयहरूको विकास, शिक्षक व्यावसायिकता, सिकाई र शिक्षण, र घर-विद्यालय-समुदाय साझेदारीमा सिआरई समावेश गर्दा आत्म-प्रतिबिम्ब र आत्म-मूल्याङ्कन सञ्चालन गर्न विद्यालयहरूको लागि एक उपकरणको रूपमा काम गर्दछ।

सिआरईबिएमको मार्गदर्शक सिद्धान्तहरू

१. व्यवस्थापन र संगठन

(क) सम्पूर्ण विद्यालय दृष्टिकोण मार्फत बालबालिकाको सिकाईलाई प्रवर्द्धन गर्न विद्यालय नीतिहरू विकास गर्ने, र
(ख) सांस्कृतिक विविधता र व्यक्तिगत भिन्नताहरूको कदर गर्न र सम्मान गर्न सांस्कृतिक रूपमा उत्तरदायी नेतृत्व रणनीतिहरू प्रयोग गर्दै।

२. विद्यालयको संस्कृति

(क) एक सकारात्मक संस्कृतिको निर्माण,
(ख) बालबालिकाको चिनियाँ भाषा र सामाजिक-भावनात्मक सिकाइलाई प्रवर्द्धन गर्ने, र
(ग) बालबालिकाहरु, शिक्षकहरू र बालबालिकाहरु र शिक्षकहरू बीच सकारात्मक सम्बन्धहरुलाई बढावा दिने।

३. चिनियाँ भाषा सिक्ने र सिकाउने

(क) सांस्कृतिक रूपमा उत्तरदायी शिक्षाशास्त्र सहितको सांस्कृतिक रूपमा उत्तरदायी विद्यालय-आधारित पाठ्यक्रमको विकास गर्दै,
(ख) बाल-केन्द्रित शिक्षालाई सहयोग गर्दै,
(ग) सबै बालबालिकाहरूका लागि उच्च अपेक्षाहरू स्थापना गर्दै, र
(घ) बहुसांस्कृतिक शिक्षण सहायकहरू (MTAs) जस्ता शिक्षकहरू र शिक्षण सहायकहरू बीच अन्तर-विषय सहकार्यलाई बढावा दिंदै।

४. सामाजिक-भावनात्मक सीपहरू सिक्ने र सिकाउने

आत्म-व्यवस्थापन र भावनाहरूको अभिव्यक्ति, स्व-छवि, सामाजिक सीपहरु, र जिम्मेवारीको वोध र सामाजिक नैतिकता जस्ता बालबालिकाको सामाजिक-भावनात्मक सिकाइलाई प्रवर्द्धन गर्दै।

५. विद्यार्थी सहायता

जातीय अल्पसङ्ख्यक बालबालिकालाई चिनियाँ भाषा सिक्न, सामाजिक-भावनात्मक आवश्यकता भएका बालबालिका र किन्डरगार्टेनबाट प्राथमिक विद्यालयमा जाने बालबालिकालाई सहयोग प्रदान गर्दै।

६. आमाबुवाको संलग्नता

जातीय अल्पसङ्ख्यक आमाबुवाहरुलाई सहयोग र सेवाहरू प्रदान गर्दै।

७. शिक्षक व्यावसायिकता

शिक्षकहरूलाई निरन्तर व्यावसायिक शिक्षा प्रदान गर्दै।

नोट:
१ शिक्षा ब्यूरो (२०१७)। कार्यसम्पादन सूचकहरु (किन्डरगार्टेनहरु)। हङकङ विशेष प्रशासनिक क्षेत्र सरकार।

Back to top