बच्चाहरूको लागि तीन आकर्षक चिनियाँ भाषा सिक्ने सुझावहरू
चिनियाँ भाषा सिकाईलाई रमाइलो र रोचक बनाउनको लागि, आमाबुवाले आफ्ना बच्चाहरूको लागि प्रेरक र रमाइलो वातावरण सिर्जना गर्न तलका सुझावहरूबाट सन्दर्भ लिन सक्नुहुन्छ।
सुझाव १: अध्ययनमा रुचि जगाउनुहोस्
रुचि सिक्नेतर्फको पहिलो पाइला हो, र यसले बालबालिकाहरूलाई सिक्न र उनीहरूले सिकेको कुरा सम्झन उत्प्रेरित गर्छ।
बालबालिका आफ्ना आमाबुवासँग समय बिताउन रमाइलो मान्छन्। यहाँ आमाबुवाले गर्न सक्ने केही चीजहरू छन्:
घरमै चिनियाँ भाषाको ठाउँ बनाउनुहोस्
तपाईंको बच्चाको रुचि अनुसार ठाउँ बनाउनुहोस्। उदाहरणका लागि, यदि तपाईंको बच्चालाई जनावरहरूमा रुचि छ भने, तपाईंले चिनियाँ कथाका पुस्तकहरु र जनावरहरूसँग सम्बन्धित चित्र कार्डहरू सङ्कलन गर्न सक्नुहुन्छ र तपाईंको बच्चासँग मिलेर त्यो ठाउँलाई सजाउन सक्नुहुन्छ।
दैनिक चिनियाँ भाषा समय राख्नुहोस्
चिनियाँ कथा पुस्तकहरू पढ्न वा चिनियाँ नर्सरी राईम्सहरु गाउन चिनियाँ कुनामा आफ्नो बच्चासँग हरेक दिन समय बिताउनुहोस्। तपाईं आफ्नो बच्चासँग चिनियाँ कार्टुनहरू पनि हेर्न सक्नुहुन्छ।
सुझाव २: चरणबद्ध रूपमा
तपाईंको बच्चालाई बढि चासो बढ्दै जाँदा, आधारभूत कुराहरू, क्यारेक्टर र शब्दहरूबाट, त्यसपछि क्रमशः वाक्य र अंशहरुमा सिक्न सुरु गर्नुहोस्।
पढ्ने बानीको विकास गरेर
हरेक दिन चिनियाँ भाषा पढ्ने बानी विकास गर्नुहोस्। तपाईं आफैले चिनियाँ भाषा पढेर सुरु गर्न सक्नुहुन्छ (वा रिडिङ पेन प्रयोग गरेर), त्यसपछि बिस्तारै आफ्नो बच्चालाई तपाईंसँगै पढ्न दिनको लागि अगाडि बढ्नुहोस्। अन्ततः, तपाईंले आफ्नो बच्चालाई स्वतन्त्र रूपमा पढ्न र परिवारका अन्य सदस्यहरूको लागि पढ्न भन्न सक्नुहुन्छ।
दोहोर्याउने गर्नुहोस्
कथा पुस्तकहरु र स्कूलमा सिकेका चिनियाँ शब्दहरू पढ्नुहोस्।
बच्चाको आफ्नै चिनियाँ शब्द बैंक डिजाइन गर्नुहोस्
कथा पुस्तकहरु पढ्नुको अलावा, तपाईंले आफ्नो बच्चालाई दैनिक जीवनमा चिनियाँ शब्दहरू खोज्न प्रोत्साहन दिन सक्नुहुन्छ, जस्तै एमटिआर स्टेशनहरू, पसलहरू र खानाको मेनुहरूमा देखिने शब्दहरू। दैनिक जीवनमा नयाँ शब्दहरू रेकर्ड गर्नुहोस् र सिक्नुहोस्, र तिनीहरूलाई बच्चाको आफ्नै चिनियाँ शब्द बैंकमा थप्नुहोस्।
सुझाव ३: डुब्नुहोस् र अभ्यास गर्नुहोस्
अभ्यासले सिद्ध बनाउँछ। बच्चाले सिकेको कुरा बारम्बार लागू गर्न र अभ्यास गर्नाले उसलाई/उनको चिनियाँ भाषामा पोख्त बनाउन अझ छिटो मद्दत गर्न सक्छ।
घरमा आफ्नो बच्चासँग चिनियाँ भाषा बोल्ने प्रेरणाको स्रोत बनेर।
तपाईंको बच्चालाई विद्यालयले उपलब्ध गराएको चिनियाँ भाषामा सामुदायिक गतिविधि वा रुचि कक्षाहरूमा उपस्थित हुन प्रोत्साहन दिएर।
आफ्नो बच्चालाई चिनियाँ भाषा बोल्ने सहपाठीहरूसँग अन्तरक्रिया गर्न र उनीहरूसँग साथी बनाउन प्रोत्साहन दिएर।
आफ्नो बच्चालाई दैनिक जीवनमा चिनियाँ भाषा प्रयोग गर्न उत्प्रेरित गरेर, जस्तै फास्ट फूड पसलहरूमा खाना अर्डर गर्न चिनियाँ प्रयोग गरेर।