शिक्षकहरू, विशेषज्ञ शिक्षकहरू, र विध्यालयका अगुवाहरु
शिक्षकहरूलाई कक्षाकोठाहरुमा सांस्कृतिक रूपमा उत्तरदायी शिक्षण र सामाजिक र भावनात्मक सिकाईलाई अँगाल्न सशक्त बनाउने' पाठ्यक्रम
२०२२ देखि, C-for-Chinese@JC परियोजनाले यो पाठ्यक्रम विशेष गरी किन्डरगार्टेन शिक्षा योजनामा सहभागी विद्यालयहरूका किन्डरगार्टेन शिक्षकहरूलाई लक्षित गर्दै ल्याएको छ। यस पाठ्यक्रमले शिक्षकहरूको ज्ञान र प्रकृया, तर्क, र सांस्कृतिक रूपमा उत्तरदायी शिक्षा (सिआरई) को अवधारणाको बुझाइ बढाउने र विद्यालय सेटिङहरूमा ज्ञानको कोष (फोक) को प्रयोगको अन्वेषण गर्ने लक्ष्य राख्छ।
पाठ्यक्रम सामग्रीले सिआरईको लागि विभिन्न सिद्धान्तहरू र दृष्टिकोणहरू, फोक प्रयोग गर्ने फाइदाहरू, चिनियाँ भाषालाई दोस्रो भाषाको रूपमा सिकाउने र सिक्ने, सामाजिक-भावनात्मक सिकाई, सामाजिक समायोजनको सिद्धान्तहरू, र बालबालिकाको शिक्षण र विकास जाँच गर्न किन्डरगार्टेनको लागि कार्यसम्पादन सूचकहरू कसरी प्रयोग गर्ने भन्ने समावेश गर्दछ।
पाठ्यक्रममा भाषा र सामाजिक भावनात्मक विकासको लागि कथा पुस्तकहरू र खेलमा आधारित सिकाई गतिविधिहरू, किन्डरगार्टेनबाट प्राथमिक विद्यालयमा सहज रूपान्तरण गर्ने तरिकाहरू साथै घर-विध्यालय सहकार्यलाई प्रवर्द्धन गर्न सांस्कृतिक शिक्षण सहायकहरू(एमटिएहरु) सँग काम गर्ने रणनीतिहरू पनि समावेश छन्।
यो पाठ्यक्रम नोभेम्बर २०२२ देखि गैर-चिनियाँ भाषी (एनसिएस) विद्यार्थीहरूलाई सहायता गर्ने पाठ्यक्रमको रूपमा शिक्षा ब्यूरोले मान्यता दिएको छ।