सांस्कृतिक रूपमा उत्तरदायी शिक्षा मानकहरु
परिचय
हङकङमा जातीय अल्पसङ्ख्यक बालबालिकाहरूले सामना गर्ने शैक्षिक चुनौतीहरूको प्रतिकृयामा, किन्डरगार्टेनहरूमा पूरै-विद्यालयको दृष्टिकोण मार्फत सांस्कृतिक रूपमा उत्तरदायी शिक्षा (सिआरई) को लागि एक रूपरेखा विकसित गरिएको छ। सांस्कृतिक रूपमा उत्तरदायी शिक्षा मानक (सिआरईबिएम) ले जातीय अल्पसङ्ख्यक बालबालिकाका आवश्यकताहरू पूरा गर्न किन्डरगार्टेनहरूको लागि दिशानिर्देश प्रदान गर्दछ। यसले जातीय अल्पसङ्ख्यक बालबालिकाको बढ्दो संख्याको कारणले शिक्षक व्यावसायिकतालाई पनि बढावा दिन्छ र किन्डरगार्टेनहरुमा सिआरई विकास गर्न विद्यालय, परिवार र समुदायहरूमा विभिन्न सरोकारवालाहरूको सहायताको वकालत गर्दछ।
सिआरईबिएम ढाँचामा ४ कार्यक्षेत्रहरु, ८ क्षेत्रहरू, ११ कार्यसम्पादन सूचकहरू, र २१ पक्षहरू छन्। ४ कार्यक्षेत्रहरु तल सूचीबद्ध छन्:

कार्यक्षेत्रहरुको अन्तर-सम्बन्ध
यी कार्यक्षेत्रहरु अन्तरसम्बन्धित छन्। जबकि कार्यक्षेत्रहरु १ देखि ३ प्रकृया सूचकहरू हुन् जसले किन्डरगार्टेनको सिआरई कार्यान्वयन गर्ने क्षमतालाई संकेत गर्दछ, कार्यक्षेत्र ४ एक परिणाम सूचक हो जसले कार्यक्षेत्रहरु १ देखि ३ को प्रभावकारितालाई प्रतिबिम्बित गर्दछ।


परिणाम सूचक

प्रत्येक कार्यक्षेत्रहरुको आ-आफ्नै तहको वर्गीकरण हुन्छ: क्षेत्रहरू, कार्यसम्पादन सूचकहरू, र पक्षहरू। किन्डरगार्टेनहरूलाई आत्म-प्रतिबिम्ब र आत्म-मूल्याङ्कन सञ्चालन गर्न सहज बनाउन, कार्यसम्पादनको सान्दर्भिक प्रमाण सहितको मार्गदर्शन प्रश्नहरू कार्यक्षेत्रहरु १ देखि ३ मा विभिन्न पक्षहरूमा उपलब्ध गराइन्छ।
कार्यसम्पादनको प्रत्येक प्रमाणलाई चार तहहरुमा मूल्याङ्कन गरिन्छ, अर्थात् उत्कृष्ट, राम्रो, स्वीकार्य र सुधार आवश्यक। कार्यक्षेत्र ४ मा, मानकहरु बालबालिकाको विकासका विशेषताहरूमा केन्द्रित छन्। बालबालिकाको विकास शिक्षकहरूद्वारा अवलोकन गर्न सकिन्छ, जसले विद्यालयहरूलाई आफैंमा चिन्तन गर्न र तदनुसार सुधार गर्न मद्दत गर्दछ। प्रत्येक कार्यक्षेत्रको सुधारका लागि सुझाव दिइन्छ।