परिचय
प्रिस्कूलहरूमा सांस्कृतिक रूपमा उत्तरदायी शिक्षा मानकहरु व्यापक रूपमा अप्नाउनलाई थप समर्थन गर्न, प्रारम्भिक बाल्यकाल शिक्षामा सांस्कृतिक रूपमा उत्तरदायी शिक्षणको समुदायको अभ्यास (सिओपी) निर्माण गर्नु महत्त्वपूर्ण छ। यो सिओपीमा शिक्षकहरू, सामाजिक सेवा पेशेवरहरू, विद्यालयका अगुवहाँरु, विशेषज्ञ शिक्षकहरू, र बहुसांस्कृतिक शिक्षण सहायकहरू सहित विभिन्न प्रकारका पेशेवरहरू समावेश छन्। यस्तो समुदायले शिक्षकहरू, विद्यालयका नेताहरू, र विद्यालय सामाजिक कार्यकर्ताहरू बीच राम्रो शिक्षाशास्त्र र अभ्यासहरू साझा गर्दछ र क्रस अनुशासनात्मक साथीहरूको समर्थन संजाललाई बढावा दिन्छ।
सिओपीको लागि गतिविधिहरू
अभ्यास समुदाय पुरस्कार समारोह र उत्कृष्ट अभ्यास साझेदारी सेमिनार 2024–2025
यो कार्यक्रममा बालबालिकाका लागि सांस्कृतिक रूपमा उत्तरदायी शिक्षण सामग्रीहरू डिजाइन गर्नमा नविनता देखाएका उत्कृष्ट किन्डरगार्टन शिक्षकहरूलाई सम्मान गरिएको थियो। साथै, यसले व्यावसायिक आदानप्रदानको एक महत्वपूर्ण प्लेटफर्मको रूपमा काम गर्यो। विजेता प्रविष्टिहरूको प्रदर्शनीमार्फत सहभागीहरूले रचनात्मक शिक्षण सामग्रीहरू प्रत्यक्ष रूपमा अवलोकन गर्न पाए, साथै गैर-चिनियाँ भाषी (NCS) विद्यार्थीहरूका लागि शिक्षण उपकरणहरू डिजाइन गर्ने अनुभव र अभ्यासहरूबारे थप गहिरो जानकारी प्राप्त गरे।
विशेष रूपमा, एक परियोजना विद्यालयले NCS बालबालिकालाई दोस्रो भाषा रूपमा चिनियाँ भाषा सिक्न कसरी समर्थन गर्ने रणनीतिहरू, साथै विद्यालयमा बहुसांस्कृतिक शिक्षण सहायक (MTA) हरूको भूमिका र योगदानबारे आफ्ना अभ्यासहरू साझा गरे। यी अनुभवहरू र समकक्षहरू बीचको अन्तरक्रियाबाट सहभागीहरू नयाँ विचारहरूबाट प्रेरित भए, व्यावसायिक ज्ञान थप समृद्ध भयो र सांस्कृतिक रूपमा उत्तरदायी शिक्षण अभ्यासलाई सामूहिक रूपमा अगाडि बढाउन मद्दत मिल्यो।
मिति: 7 जुन 2025 (शनिबार)
स्थान: इनोसेन्टर
परियोजना किन्डरगार्टनहरूका लागि अन्तर-विद्यालय भ्रमण 2024–2025
प्रारम्भिक बाल शिक्षा क्षेत्रमा सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यले, CoP ले 2024–2025 शैक्षिक वर्षको अवधिमा दुईवटा परियोजना किन्डरगार्टनहरूसँग अन्तर-विद्यालय भ्रमणहरू सह-आयोजन गर्यो। अनुदेशन अवलोकनहरू र व्यावसायिक संवादमार्फत, सहभागीहरूले गैर-चिनियाँ भाषी बालबालिकालाई दोस्रो भाषा रूपमा चिनियाँ पढाउनका लागि नवीनतम शैक्षिक अभ्यासहरू अन्वेषण गरे, साथै सांस्कृतिक रूपमा उत्तरदायी विद्यालय-आधारित पाठ्यक्रम विकाससम्बन्धी गहिरो छलफलहरूमा संलग्न भए। यी भ्रमणहरूले विद्यालयहरूबीचको ज्ञान आदानप्रदानलाई प्रोत्साहन गर्नुका साथै सहभागीहरूको व्यावसायिक क्षमता र प्रतिबिम्बात्मक अभ्यासमार्फत शिक्षण प्रभावकारितालाई समेत सुदृढ गरे।
| |
मिति |
स्थान |
| पहिलो र तेस्रो भ्रमण |
4 र 11 जुन 2025 (बुधबार) |
लोक ताओ क्रिस्चियन किन्डरगार्टन |
| दोस्रो र चौथो भ्रमण |
6 र 13 जुन 2025 (शुक्रबार) |
त्स चिंग इस्टेट बोधी शिक्षा किन्डरगार्टन |
पूर्वसेवा शिक्षकहरूको लागि बहुसांस्कृतिक शिक्षण सहायता रमाइलो मेला 2024–2025
2024–2025 शैक्षिक वर्षको लागि आयोजित बहुसांस्कृतिक शिक्षण सामग्री डिजाइन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भयो। यसपटक पहिलो पटक प्रारम्भिक बाल्यकाल शिक्षामा उच्च डिप्लोमा कार्यक्रमका विद्यार्थीहरूको सहभागिता पनि समावेश गरिएको थियो। यस विस्तारले विभिन्न प्रारम्भिक शिक्षा स्तरहरूमा प्रयोग गर्न सकिने शिक्षण सामग्रीहरूको विविधता र प्रयोगशीलता दुवैमा वृद्धि ल्यायो।
स्थलमा आयोजित प्रदर्शनी र साझेदारी सत्रमार्फत सिर्जनात्मक प्रविष्टिहरू प्रस्तुत गरियो, जसले पूर्वसेवा शिक्षकहरूलाई एकअर्काको काम अवलोकन गर्न, व्यावसायिक संवादमा संलग्न हुन र विचार आदानप्रदान गर्ने अवसर प्रदान गर्यो। कार्यक्रममा सहभागिताले उनीहरूको सांस्कृतिक रूपमा उत्तरदायी शिक्षाको समझलाई थप गहिरो बनायो र बहुसांस्कृतिक शिक्षाको अभ्यास र प्रवर्द्धनमा प्रेरणा प्रदान गर्यो।
मिति: 17 फेब्रुअरी 2025 (सोमबार)
स्थान: हङकङको शिक्षा विश्वविद्यालय
अभ्यास समुदाय भेटघाट र बहुसांस्कृतिक कार्यशाला 2024–2025
2024–2025 शैक्षिक वर्षको लागि अभ्यास समुदाय (CoP) को वार्षिक भेला र बहुसांस्कृतिक कार्यशालाले परियोजना अन्तर्गतका विभिन्न किन्डरगार्टन विद्यालयहरूबाट शिक्षकहरूको उत्साहजनक सहभागिता आकर्षित गर्यो। कार्यक्रममा आगामी शैक्षिक वर्षका लागि योजना गरिएको आकर्षक गतिविधिहरूको श्रृंखला प्रस्तुत गर्नुका साथै तीनवटा बहुसांस्कृतिक कला कार्यशालाहरू पनि समावेश गरिएका थिए — हेन्ना पेन्टिङ, वार्ली कला, र गर्बा नृत्य। यी कार्यशालाहरूले सहभागीहरूलाई बहुसांस्कृतिक कलाको जीवन्त अनुभव गराउँदै सांस्कृतिक आदानप्रदान र आपसी सिकाइको वातावरण प्रवर्द्धन गरे।
मिति: 14 डिसेम्बर 2024 (शनिबार)
स्थान: ईन्नोसेन्टर
अभ्यास समुदाय पुरस्कार समारोह र उत्कृष्ट अभ्यास साझेदारी सेमिनार 2023-2024
यस कार्यक्रमले किन्डरगार्टन शिक्षकहरूलाई सांस्कृतिक रूपमा उत्तरदायी शिक्षण सामग्रीहरू डिजाइन गर्नमा उनीहरूको उत्कृष्ट प्रदर्शनको लागि प्रशंसा गर्न लक्षित गरेको छ। कार्यक्रममा प्रतिस्पर्धीहरूको प्रदर्शनी समावेश थियो। विजेता विद्यालयहरूका शिक्षकहरू र अगुवाहरूले गैर-चिनियाँ भाषी (NCS) अल्पसंख्यक जातीय विद्यार्थीहरूको लागि शिक्षण सहायकहरू डिजाइन गर्ने बारेमा आफ्नो अन्तर्दृष्टिहरू साझा गरे र यी विद्यार्थीहरूलाई चिनियाँ भाषा सिक्नमा समर्थन गर्ने अनुभवहरू साझा गरे। अतिरिक्त रूपमा, परियोजनाका पढ्ने राजदूतहरूले एनसीएस विद्यार्थीहरूका लागि विद्यालय पछि अतिरिक्त चिनियाँ सिकाइ अवसरहरू प्रदान गर्ने बारेमा आफ्नो अनुभव र विचारहरू साझा गरे। उपस्थित शिक्षकहरूले एकअर्काबाट सिके, जसले शिक्षणको प्रभावकारिता थप बढायो।
मिति: 18 मे 2024, (शनिबार)
स्थान: ईन्नोसेन्टर
प्रोजेक्ट किन्डरगार्टन 2023-2024 का लागि अन्तर-विद्यालय भ्रमणहरू
प्रारम्भिक बाल शिक्षा क्षेत्रसँग निकटको साझेदारी स्थापित गर्न र सुदृढ गर्न, CoP ले 2023-2024 शैक्षिक वर्षमा दुईवटा परियोजना किन्डरगार्टेनहरूसँग अन्तर-विद्यालय भ्रमणहरू सह-व्यवस्थित गरेको थियो । यी भ्रमणहरूले सहभागीहरूलाई गैर-चिनियाँ भाषी बालबालिकाहरूको दोस्रो भाषा सिकाइ र सांस्कृतिक समावेशीकरणलाई बढावा दिनको लागि अन्य परियोजना स्कूलहरूले प्रयोग गर्ने विद्यालय-आधारित रणनीतिहरू र विधिहरू बुझ्न मौका पाए । गतिविधिहरूले सहभागीहरूको व्यावसायिक विकासमा सकारात्मक रूपमा योगदान गर्दै, शिक्षण अन्तर्दृष्टि र अनुभवहरूको आदानप्रदानलाई सहज बनायो।
| |
पहिलो भ्रमण |
दोस्रो भ्रमण |
| मिति : |
25 अप्रिल 2024 (बिहीबार) |
2 मे 2024 (बिहीबार) |
| स्थान : |
पो ल्योङ्ग कोक् टिन का पिंग किन्डरगार्टन |
द साल्भेशन आर्मी चान क्वान तुंग किन्डरगार्टन |
पूर्वसेवा शिक्षकहरूको लागि बहुसांस्कृतिक शिक्षण सहायता रमाइलो मेला 2023-2024
पूर्वसेवा शिक्षकहरूको लागि बहुसांस्कृतिक शिक्षण सहायता रमाइलो मेला 2023-2024 सफलतापूर्वक सम्पन्न भएको छ। प्रविष्टिहरूको विविध दायराले केवल सिर्जनशीलता प्रदर्शन मात्र नभएर यसले किन्डरगार्टन विद्यार्थीहरूको सिकाइ प्रेरणा र आनन्दलाई पनि वृद्धि गर्यो। कार्यक्रममा शिक्षण सामग्रीको प्रदर्शनीमा राखिएको थियो, जसले पुर्वसेवा शिक्षकहरूलाई व्यावसायिक आदानप्रदानमा संलग्न हुन र सांस्कृतिक रुपमा समावेशी शिक्षणको अवधारणालाई प्रवर्द्धन गर्ने उत्कृष्ट अवसर प्रदान गर्यो ।
मिति: 23 फेब्रुअरी 2024 (शुक्रबार)
स्थान: द एडुकेशन युनिर्भसिटी अफ हङकङ
अभ्यास समुदाय भेटघाट र बहुसांस्कृतिक कार्यशाला 2023-2024
CoP को वार्षिक भेला र कार्यशालाले परियोजना विद्यालयहरूबाट धेरै किन्डरगार्टन शिक्षकहरूलाई आकर्षित गर्यो। भेलाको क्रममा, 2023-2024 शैक्षिक वर्षको लागि CoP द्वारा आयोजित गतिविधिहरूको श्रृंखला प्रस्तुत गरिएको थियो। यसपछि दुई बहुसांस्कृतिक कार्यशालाहरूले अल्पसंख्यक जातीय लुगा र भाषाहरूमा केन्द्रित गरी प्रदर्शन गरेका थिए । सहभागीहरूले उर्दू भाषा सिक्न साथै विभिन्न अल्पसंख्यक जातीय समूहहरूको कपडा र गरगहनाहरूको प्रशंसा गर्ने अवसर पाए ।
मिति: 9 डिसेम्बर 2023 (शनिबार)
स्थान: हङकङ प्रोडक्टिवटी काउन्सिल
सामुदायिक अभ्यास पुरस्कार समारोह र उत्कृष्ट अभ्यास साझेदारी गोष्ठी २०२२-२०२३
सामुदायिक अभ्यास पुरस्कार समारोह र उत्कृष्ट अभ्यास साझेदारी गोष्ठी २०२२-२०२३ ले उत्कृष्ट शिक्षण उपकरण डिजाइनहरू पहिचान गर्न र गैर-चिनियाँ भाषी विद्यार्थीहरूलाई चिनियाँ भाषा सिकाउने अनुभवहरू साझा गर्न शिक्षक र विद्यालयका नेताहरूलाई एकसाथ ल्यायो। कार्यक्रमले सहभागीहरूलाई एकअर्काबाट सिक्न र समान-विचारधाराका पेशेवरहरूसँग जोडिन जानकारीमूलक कार्यक्रम प्रदान गर्यो।
मिति: २० मे, २०२३ (शनिबार)
स्थान: ईन्नोसेन्टर
सेवा सुरु गर्न लागेका शिक्षकहरूको लागि बहुसांस्कृतिक शिक्षण सहायता रमाइलो मेला
सेवा सुरु गर्न लागेका शिक्षकहरूको लागि बहुसांस्कृतिक शिक्षण सहायता रमाइलो मेलाले सहभागीहरूलाई उनीहरूको रचनात्मकता प्रकट गर्न र शिक्षण प्रभावकारिता बढाउन शिक्षण उपकरणहरूमा सांस्कृतिक रूपमा उत्तरदायी तत्वहरूलाई कसरी समावेश गर्न सकिन्छ भनेर प्रदर्शन गर्न अनुमति दियो। रमाईलो मेलाले सामाजिक समायोजनलाई थप प्रवर्द्धन गर्ने लक्ष्यका साथ सबै राम्ररी डिजाइन गरिएका प्रविष्टिहरू प्रदर्शन गर्यो र उत्कृष्ट टोलीहरूलाई प्रशंसा गर्यो।
मिति: २० फेब्रुअरी, २०२३ (सोमबार)
स्थान: एजुकेशन विश्वविद्यालय हङकङ
अभ्यास समुदाय उद्घाटन समारोह र बहुसांस्कृतिक कार्यशाला
सदस्यहरूले घनिष्ठ र सहकारी साझेदारी स्थापना गर्न सक्ने आशा राख्दै, समुदायको अभ्यास (सिओपी) ले आफ्ना लक्ष्य र गतिविधिहरू परिचय गराउन उद्घाटन समारोह आयोजना गर्यो। उद्घाटन समारोहमा सहभागी विद्यालयका प्रतिनिधिहरूलाई विभिन्न संस्कृतिहरूको अनुभव र प्रशंसा गर्न मौका दिँदै विभिन्न बहुसांस्कृतिक गतिविधिहरू प्रस्तुत गरिएको थियो।
मिति: १७ डिसेम्बर, २०२२ (शनिबार)
स्थान: हङकङ उत्पादकता परिषद