हामीसँग चिनियाँ भाषा सिक्नुहोस्
फन विद चाइनिज 2 एप
घरमै रमाइलो र संलग्न चिनियाँ भाषा सिक्ने वातावरण तयार गर्नु तपाईंको बच्चाको भाषा विकासको लागि अत्यन्त महत्त्वपूर्ण छ। गैर-चिनियाँ भाषी अल्पसंख्यक जातीय विद्यार्थीहरूको चिनियाँ भाषा सिक्ने रुचि र प्रभावकारिता बढाउनको लागि, “C-for-Chinese@JC” परियोजनाले एक बहुभाषिक एप फन विद चाइनिज 2 विकास गरेको छ।
रोल प्लेइङ गेम (भूमिका निर्वाह गर्ने खेल) शैलीमा तयार गरिएको यो एपले बालबालिकाहरूको सुन्ने, बोल्ने र पढ्ने सीपहरूलाई सुदृढ बनाउन अन्तरक्रियात्मक गतिविधिहरू प्रदान गर्दछ। यो एप 3 देखि 8 वर्षका किन्डरगार्टन तथा प्राइमरी तहका विद्यार्थीहरूको लागि विशेष रूपमा तयार गरिएको हो। साथै, यो एपले आमाबुबालाई सिकाइ यात्रामा सँगै सहभागी हुन प्रोत्साहित गर्छ, जसबाट अभिभावक र बच्चाबीचको अर्थपूर्ण अन्तरक्रिया पनि सशक्त हुन्छ र अभिभावकहरूकै चिनियाँ भाषा सीपमा पनि सुधार आउन सक्छ।
बहुभाषिक समर्थन
यो एपमा चिनियाँ, अंग्रेजी, हिन्दी, नेपाली र उर्दू भाषामा प्रयोग गर्न मिल्ने बहुभाषिक प्रयोगकर्ता इन्टरफेस उपलब्ध छ, जसले विभिन्न भाषिक पृष्ठभूमिका विद्यार्थीहरू र परिवारहरूलाई सजिलो पहुँच र सहज सिकाइ अनुभव सुनिश्चित गर्छ।
इमर्सिभ रोल प्लेइङ अनुभव
बालबालिकाहरुले रोमाञ्चक तरिकामा खोजीतलास गर्दै अघि बढ्ने क्रममा पुरस्कारहरु प्राप्त गर्नेछन्, जसले निरन्तर सिकाइ र स्तर उन्नतिलाई प्रोत्साहन गर्छ ।
चिनियाँ अडियो कथापुस्तकहरू
आत्मचेतना, पारिवारिक जीवन, विद्यालयको परिवेश, समुदायसँगको अन्तर्क्रिया र अन्तर–सांस्कृतिक समझजस्ता विभिन्न विषयहरू समेटिएका कथाहरू उपलब्ध छन्। यी जीवन्त र सजिलै सम्बन्धित गर्न सकिने दैनिक कथाहरूको माध्यमबाट, बालबालिकाले परिचित परिवेशमै चिनियाँ भाषाको मानक उच्चारणलाई सहज रूपमा आत्मसात गर्न सक्छन्, जसले भाषा सिकाइलाई अझ सरल र रमाइलो बनाउँछ।
सीप विकास गर्ने स-साना खेलहरु
प्रगतिशील कठिनाईका तह भएका 9 प्रकारका अन्तरक्रियात्मक स-साना खेलहरुले बालबालिकाहरूमा पढ्ने, सुन्ने र बोल्ने आत्मविश्वास बढाउन मद्दत गर्छन् ।