C-for-Chinese@JC

आयोजनहरु

आयोजनहरु

C-for-Chinese@JC परियोजनाले परिवारहरु, विद्यालयहरु र सामुदायिक सरोकारवालाहरू बीच ज्ञान र अनुभवको आदानप्रदानको वकालत गर्न गोष्ठीहरू, कार्यशालाहरू, र अनुभव साझा गर्ने सत्रहरू जस्ता विभिन्न कार्यक्रमहरू आयोजना गर्दछ।

अभिभावक एकेडेमी पुरस्कार समारोह

गैर-चिनियाँ भाषी विद्यार्थीहरूको सिकाइ यात्रामा अभिभावक र विद्यालयहरूको अविचल समर्पणलाई सम्मान गर्न, अभिभावक एकेडेमी पुरस्कार समारोहले सहभागीहरूलाई मान्यता र उत्सवको अर्थपूर्ण बिहानको लागि एकसाथ ल्यायो।

यस कार्यक्रममा घर-विद्यालय सहकार्यको शक्ति र अभिभावक एकेडेमीले चिनियाँ भाषा सिकाइ प्रवर्द्धन र समुदायहरूमा समावेशिता विकासमा पारेको सकारात्मक प्रभावलाई उजागर गरियो।

मिति: 21 जुन 2025 (शनिबार)

समय: बिहान 10:00 बजे देखि दिउँसो 12:30 बजे सम्म

स्थान: हङकङ जक्की क्लब अडिटोरियम, LG/F, हङकङ प्यालेस म्युजियम

कार्यक्रम ढाँचा: भौतिक कार्यक्रम (स्थलमा)

अझै पढ्नुहोस्

C-for-Chinese@JC ईण्डस्ट्रि वेबिनार 2024

गैर-चिनियाँ भाषी (NCS) विद्यार्थीहरूका लागि समावेशी शिक्षण वातावरण सिर्जना गर्ने उत्कृष्ट अभ्यासहरू अन्वेषण गर्न शिक्षकहरू, सामाजिक सेवा पेशेवरहरू, विद्यालयका अगुवाहरू र अभिभावकहरूलाई एकजुट गर्ने वेबिनारको उद्देश्य थियो । चिनियाँ भाषा अधिग्रहण र बहुसांस्कृतिक कक्षाहरूलाई बढवा दिन एशियाली क्षेत्र र परियोजनाका प्रख्यात विद्वानहरूलाई प्रस्तुत गर्दै, किन्डरगार्टेन र प्राथमिक विद्यालयहरूमा फन्ड अफ नलेज (ज्ञानको भण्डार) (FoK), सांस्कृतिक उत्तरदायी शिक्षा (CRE), र सांस्कृतिक रूपमा उत्तरदायी सेवा (CRS) को उपयोगमा केन्द्रित छलफलहरू गर्ने ।
 

मिति: 22 अगस्ट, 2024 (बिहिबार)

समय: दिउँसो 2:00 बजे देखि बेलुका 5:00 बजे सम्म

कार्यक्रम ढाँचा: भर्चुअल कार्यक्रम

अझै पढ्नुहोस्

अभिभावक एकेडेमी पुरस्कार समारोह र बहुसांस्कृतिक चमत्कार कार्यक्रम

बहुसांस्कृतिक समावेशीकरणलाई थप प्रवर्द्धन गर्न र गैर-चिनियाँ भाषी (NCS) अल्पसंख्यक जातीय अभिभावकहरूलाई घरमा रमाइलो र प्रभावकारी सिकाइ वातावरण सिर्जना गर्न मद्दत गर्न, परियोजनाले "अभिभावक एकेडेमी पुरस्कार समारोह" र "बहुसांस्कृतिक चमत्कार" कार्यक्रम आयोजना गर्यो। यी गतिविधिहरूले विभिन्न पृष्ठभूमिका NCS परिवारहरूलाई उनीहरूको उपलब्धिहरू उत्सव मनाउन र अन्तरक्रियात्मक आदानप्रदानमा संलग्न हुन एकसाथ ल्याए ।

अभिभावक एकेडेमी पुरस्कार समारोह

मिति: 22 जुन 2024 (शनिबार)

समय: बिहान 10:30 बजे देखि दिउँसोको 12:30 बजे सम्म

स्थान: जकी क्लब लेक्चर थिएटर, 1/F, ओलम्पिक हाउस

कार्यक्रम ढाँचा: भौतिक कार्यक्रम (स्थलमा)

बहुसांस्कृतिक चमत्कारहरू: खेल्नुहोस्, पत्ता लगाउनुहोस्, र साथीहरू बनाउनुहोस्!

मिति: 27अप्रिल 2024 (शनिबार)

समय: बिहान 10:00 बजे देखि बेलुका 5:00 बजे सम्म

स्थान: वाईएमसिए अफ हङकङ बिकन सेन्टर लाइफलङ लनिर्ङ इन्स्टिटूट

कार्यक्रम ढाँचा: भौतिक कार्यक्रम (स्थलमा)

अझै पढ्नुहोस्

आमाबुवा प्रतिष्ठान पुरस्कार र बहुसांस्कृतिक सद्भाव रमाइलो दिन

कार्यक्रमको उद्देश्य गैर-चिनियाँ भाषी (एनसिएस) जातीय अल्पसंख्यक (ईएम ) आमाबुवाहरुलाई आफ्ना बालबालिकाको सिकाई क्षमता विकास गर्न र बहुसांस्कृतिक समावेशीकरणलाई बढावा दिन प्रोत्साहित गर्नु थियो।

आफ्ना बालबालिकाको सिकाई यात्रालाई सक्रिय रूपमा सहायता गर्ने अभिभावकहरूलाई सम्मान गर्नुका साथै, कार्यक्रममा धेरै उत्कृष्ट प्रदर्शनहरू, बूथ गेमहरूको श्रृंखला र अनुभवात्मक कार्यशालाहरू थिए।

मिति: १७ जुन, २०२३ (शनिबार)

समय: दिउँसो १:०० देखि ५:३० सम्म

स्थान: ४ तल्ला, द मिल्स फ्याब्रिका

कार्यक्रम ढाँचा: भौतिक आयोजन (अनसाइट)

अझै पढ्नुहोस्

C-for-Chinese@JC सम्मेलन २०२२

सम्मेलनले घर, विद्यालय र सामुदायिक सरोकारवालाहरूलाई सञ्जालमा ल्याउने, छलफल गर्ने र दुवै सानै उमेरमा चिनियाँ भाषी विद्यार्थीहरू र गैर-चिनियाँ भाषीहरूको सिकाईलाई अभिवृद्धि गर्ने उद्देश्यका साथ "विध्यालय, घर र समुदायमा युवा शिक्षार्थीहरूलाई सहायता गर्न सांस्कृतिक विविधतालाई अँगाल्ने" भन्ने व्यापक विषयवस्तु लिएको थियो।

मिति: २९ नोभेम्बर, २०२२ (मङ्गलबार)

समय: बिहान ०९:३० देखि बेलुका ०५:३० सम्म

स्थान: जक्की क्लब अडिटोरियम, हङकङ पोलिटेक्निक विश्वविद्यालय

कार्यक्रम ढाँचा: हाइब्रिड कार्यक्रम (अनसाइट र अनलाइन)

अझै पढ्नुहोस्

Back to top