C-for-Chinese@JC

C-for-Chinese@JC

​"C-for-Chinese@JC" परियोजना हङकङ जक्की क्लब च्यारिटी ट्रस्टद्वारा सिर्जना गरिएको र वित्तीय सहयोग प्राप्त छ, र तीन स्थानीय विश्वविद्यालयहरू र दुई गैर-सरकारी संस्थाहरूद्वारा सह-निर्मित छ। २०१६ मा यसको सुरुवात भएदेखि, यो परियोजनाले गैर-चिनियाँ भाषी (एनसिएस) जातीय अल्पसङ्ख्यक (ईएम) विद्यार्थीहरूको चिनियाँ प्रवीणता र चिनियाँ विद्यार्थीहरूको सामाजिक क्षमताको सुधारको लागि किन्डरगार्टेनहरुको लागि सांस्कृतिक रूपमा उत्तरदायी शिक्षा, रमाइलो र अर्थपूर्ण सिकाई वातावरणको विकास गर्न "घर-विद्यालय-समुदाय" सहयोगी र प्रमाणमा आधारित मोडेल अपनाएको छ।

अघिल्ला सिकाइहरूमा आधारित भएर, परियोजनाको दोस्रो चरणले "सांस्कृतिक रूपमा उत्तरदायी शिक्षा मानकहरू" भएको एक सेटसँग किन्डरगार्टेनहरूलाई समर्थन गर्ने प्रस्ताव गर्दछ। यो व्यवहारिक ढाँचाले एनसिएस, ईएम र चिनियाँ विद्यार्थीहरूको चिनियाँ भाषा सिकाइ तथा सामाजिक-भावनात्मक क्षमता सुधार गर्ने लक्ष्य राख्छ; साथै उनीहरूको प्राथमिक शिक्षामा समायोजनमा पनि सहयोग पुर्याउने। २०२६ सम्ममा, यो परियोजनाले ४२,००० किन्डरगार्टेनका विद्यार्थीहरूलाई समर्थन गर्ने लक्ष्य राख्दछ, जसमा ५,१०० एनसिएस, ईएम विद्यार्थीहरू र उनीहरूका परिवारहरू पनि समावेश छन्।​

C-for-Chinese@JC परियोजना भिडियो

परियोजनाको पृष्ठभूमि

विभिन्न सांस्कृतिक पृष्ठभूमिहरुका धेरै मानिसहरू हङकङमा दुई वा तीन पुस्तादेखि बस्दै आएका छन्। उनीहरुको जनसङ्ख्या तीव्र गतिमा बढिरहेको छ । "हङकङको जातीय अल्पसङ्ख्यकहरुको गरिबी स्थिति रिपोर्ट २०१४" ले २००१ देखि २०११ सम्म जातीय अल्पसङ्ख्यकको औसत वार्षिक वृद्धि दर २.७% थियो - सम्पूर्ण जनसंख्याको ०.५% भन्दा धेरै बढी। विशेष गरी दक्षिण एसियालीहरूको लागि, औसत वार्षिक वृद्धि दर ४.१% थियो, जुन सबै सांस्कृतिक विविधता समूहहरूमध्ये उच्च हो। २०१६ को जनगणना अनुसार, हङकङमा गैर-चिनियाँहरूको जनसङ्ख्या ५८४,३८३ छ, जुन कुल जनसंख्याको ८% हो।

उनीहरुको जनसङ्ख्या बढ्दै जाँदा, यी सांस्कृतिक विविधता समुदायहरूको सशक्तिकरण र समायोजन समाजको लागि ठूलो चिन्ताको विषय भएको छ। सांस्कृतिक रूपमा विविध समुदायका धेरै सदस्यहरूले चिनियाँ भाषालाई आफ्नो समायोजन, शैक्षिक र वृत्तिको प्रगतिमा बाधा भएको ठान्छन्। यी समुदायहरूलाई किन्डरगार्टेन चरणमा नै चिनियाँ भाषा सिक्नको लागि सहयोग चाहिन्छ। दोस्रो भाषा प्रभावकारी रूपमा सिक्नको लागि, विद्यार्थीहरूलाई संरचित वातावरण, अन्तरक्रियात्मक कक्षा बाहिर सिकाई र प्रतिबद्ध आमाबुवाको सहयोग उपलब्ध गराइनुपर्छ। र यी प्रायः सांस्कृतिक रूपमा विविध परिवारहरूमा कमी पाईन्छ। बालबालिकाको भविष्यका लागि चिनियाँ भाषा प्रवीणताको महत्त्वलाई ध्यानमा राख्दै, प्रारम्भिक चरणमा सहयोग उपलब्ध गराउनु महत्त्वपूर्ण छ, ताकि उनीहरूले समयमै आधारभूत चिनियाँ भाषाको क्षमता विकास गर्न सकून्।

परियोजना लाभार्थीहरु (२०२२-२०२६)

४२,०००

किन्डरगार्टेन विध्यार्थीहरु

५,१००

जातीय अल्पसङ्ख्यक विध्यार्थीहरु

१४५

विद्यालयहरु

प्रभाव कथाहरु

शिक्षकहरू

विद्यालयका अगुवाहरू, शिक्षकहरू र बहुसांस्कृतिक शिक्षण सहायकहरूले विद्यार्थीहरूलाई साँच्चै चिनियाँ भाषा सिक्नमा संलग्न गराउन व्यावसायिक तालिम र स्रोतहरूबाट कसरी फाइदा लिन्छन् भन्ने कुरा सिक्नुहोस्।

आमाबुवाहरु

जातीय अल्पसङ्ख्यक अभिभावकहरूले आफ्ना बच्चाहरूलाई चिनियाँ भाषा सिकाउन र हङकङको शिक्षा प्रणाली बुझ्न सहयोग गर्ने विश्वास प्राप्त गरेको प्रशंसापत्रहरु।

विध्यार्थीहरु

जातीय अल्पसङ्ख्यक विद्यार्थीहरूले सजिलैसँग चिनियाँ भाषा सिक्ने, स्कूलमा अझ रमाइलोसँग अनुकुल बनाउने र स्कूल र घरमा सकारात्मक सिक्ने वातावरणको आनन्द लिने कथाहरू।

Back to top