पठन योजना (विद्यालयमा-आधारित)
पठन योजना (विद्यालयमा-आधारित) ले किन्डरगार्टेनबाट प्राथमिक विद्यालय तर्फ जान कसरी सहायता गर्छ?
गैर-चिनियाँ भाषी (एनसिएस) जातीय अल्पसङ्ख्यक (ईएम) विद्यार्थीहरूको शैक्षिक उपलब्धिमा सफल हुनको लागि साक्षरता विकास सर्वोपरि छ किनभने प्राथमिक शिक्षालाई चिनियाँ भाषा पढ्न र लेख्न बलियो क्षमताहरु चाहिन्छ।
किन्डरगार्टेन देखि प्राथमिक विद्यालय तर्फ जाने अवधिमा एनसिएस ईएम विद्यार्थीहरूको शैक्षिक तयारीलाई सुदृढ पार्न, C-for-Chinese@JC परियोजनाले उनीहरूको चिनियाँ भाषा सिक्ने समयलाई विद्यालय पछि विस्तार गर्न पूर्ण पढने योजना प्रदान गर्दछ।
योजनाले के१ - पि३ एनसिएस ईएम विद्यार्थीहरूलाई गहन सहायता प्रदान गर्नेछ जसलाई स्कूल पछि साक्षरता विकासमा थप सहायता चाहिन्छ।

सहायताका प्रकारहरू

कथा पुस्तकहरू
सांस्कृतिक विविधतायुक्त सामग्री र भाषिक निवेशको साथ ५४ कथाका पुस्तकहरू

शिक्षण उपकरणहरू
कक्षाकोठा शिक्षणलाई सुदृढ पार्न चित्र भएको कार्डहरु, शब्द कार्डहरु र कार्यपत्रहरू

वर्गीकृत सामग्रीहरु
कथापुस्तकहरूलाई विद्यार्थीहरूको पढ्ने क्षमताको स्तरको आधारमा वर्गीकरण गरिन्छ र छुट्याईन्छ

पढाईको पाठहरु
प्रत्येक कथा पुस्तक सिकाउनको लागि ३० देखि ४० मिनेटको चार देखि पाँच पाठहरू सञ्चालन गर्नुहोस्
विद्यालयमा-आधारित र समुदायमा-आधारित कार्यक्रमहरू
यो योजनाले थप दिगो विकासको लागि विद्यालय र समुदाय दुवै तहमा सांस्कृतिक उत्तरदायी शिक्षा (सिआरई) लाई सहायता गर्दछ।
कार्यक्रमहरु | उद्देश्यहरु |
---|---|
विद्यालयमा-आधारित पठन योजना | क्याम्पस-आधारित वा अनलाइन कार्यक्रमहरू आयोजना गरेर विद्यालय पछि साक्षरता विकासलाई सहायता गर्नु। |
समुदायमा-आधारित पठन योजना | सार्वजनिक पुस्तकालयहरू वा अन्य गैरसरकारी संस्थाहरूका सामाजिक सेवा केन्द्रहरूमा, वा अनलाइन कार्यक्रमहरू आयोजना गरेर साक्षरता विकासलाई सहायता गर्नु। |
आज पठन राजदूत बन्नुहोस्!
पठन राजदूतहरूले एनसिएस ईएम विद्यार्थीहरूलाई व्यक्तिगत रूपमा वा अनलाइनमा स्कूल-आधारित र समुदाय-आधारित पठन कार्यशालाहरू प्रदान गर्नेछन्।
पठन योजनालाई समर्थन गर्न तालिम प्राप्त गरी ४००+ विश्वविद्यालयका विद्यार्थीहरू, शिक्षकहरू, सेवानिवृत्त शिक्षकहरू र स्वयंसेवकहरूसँगै पठन दूत बन्न हामीसँग जोडिनुहोस्!
