C-for-Chinese@JC

आमाबुवा प्रतिष्ठान पुरस्कार र बहुसांस्कृतिक सद्भाव रमाइलो दिन

आमाबुवा प्रतिष्ठान पुरस्कार र बहुसांस्कृतिक सद्भाव रमाइलो दिन

गैर-चिनियाँ भाषी (एनसिएस) जातीय अल्पसङ्ख्यक (ईएम) अभिभावकहरूलाई आफ्ना बालबालिकाको सिकाई क्षमता विकास गर्न र बहुसांस्कृतिक समावेशीकरणलाई प्रवर्द्धन गर्न प्रोत्साहित गर्न, C-for-Chinese@JC परियोजनाले हालै सफलतापूर्वक आमाबुवा प्रतिष्ठान पुरस्कार र बहुसांस्कृतिक सद्भाव फन डे आयोजना गर्यो। १७ जुन २०२३, ३०० भन्दा बढी वयस्क र विविध सांस्कृतिक पृष्ठभूमिका बालबालिकाहरू उपस्थित थिए।

आफ्ना बालबालिकाको सिकाई यात्रामा सक्रिय रूपमा सहायता गर्ने आमाबुवाहरुलाई सम्मान गर्नुका साथै आमाबुवा प्रतिष्ठान सहभागीहरूले उत्कृष्ट प्रदर्शन गरेका थिए। थप रूपमा, त्यहाँ सांस्कृतिक विविधतामा केन्द्रित र चिनियाँ भाषा सिकाई अन्वेषण गर्ने, सबैका लागि रमाइलो र अविस्मरणीय अनुभव सिर्जना गर्ने बूथ गेमहरू र प्रयोगात्मक कार्यशालाहरू थिए।
 

स्वागत मन्तव्य र अतिथि समूह फोटो

सुश्री निकोल ली, वरिष्ठ प्रबन्धक, परोपकारी संस्था, हङकङ जक्की क्लब, C-for-Chinese@JC परियोजनाका प्रतिनिधिले स्वागत भाषण दिनुभयो।

समुह फोटो सुश्री सुसन्ना वु, सेवा संयोजक हङकङ क्रिस्चियन सेवा बहुसांस्कृतिक, पुनर्वास र सामुदायिक सेवा (पहिलो बायाँ), श्री जोनाथन चान, वरिष्ठ सेवा संयोजक हङकङ शेङ कुङ हुई लेडी म्याकलेहोज सेन्टरका (दोस्रो बायाँ), डा. साउ-यान हुई, शिक्षक शिक्षा र सिकाई नेतृत्वको एकेडेमिक एकाईका लेक्चरर, हङकङ विश्वविद्यालय (तेस्रो बायाँ), सुश्री निकोल ली (दोस्रो दायाँ), डा. टिक्की तो-चान, बाल र पारिवारिक विज्ञान केन्द्रका संयुक्त सहायक प्राध्यापक, संजालका विद्यालयहरुलाई प्रशंसा प्रमाणपत्रको प्रस्तुति

 

संजालका विद्यालयहरुलाई प्रशंसा प्रमाणपत्रको प्रस्तुति

१६ संजालका विद्यालयहरुको सहायताको लागि धन्यवाद, २०२२-२०२३ मा आयोजित परियोजनाको आमाबुवा प्रतिष्ठानले कुल ७८२ आमाबुवाहरुको सहभागितालाई सफलतापूर्वक आकर्षित गर्यो।

सुश्री सुसाना वू (चौथो बायाँ) संजालका विद्यालयहरुलाई प्रशंसा प्रमाणपत्र प्रस्तुत गर्दै

श्री जोनाथन चान (पहिलो दायाँ) संजालका विद्यालयहरुलाई प्रशंसा प्रमाणपत्र प्रस्तुत गर्दै

 

आमाबुवा प्रतिष्ठानको पुरस्कार प्रस्तुति

२०२२-२०२३ मा, जम्मा ७४ आमाबुवाहरुले आफ्ना बच्चाहरूको सिकाईलाई स हयोग गर्न आफूलाई सुसज्जित बनाउन निरन्तर प्रयास गरे। जसमध्ये ४८ ले स्वर्ण, १२ ले रजत र १४ ले कास्य पदक प्राप्त गरेका छन् ।

सुश्री निकोल ली (पहिलो बायाँ) आमाबुवा प्रतिष्ठानका स्वर्ण पुरस्कार विजेताहरूलाई पुरस्कार प्रदान गर्दै

 

श्री जोनाथन चान (पहिलो दायाँ) आमाबुवा प्रतिष्ठानका रजत पुरस्कार विजेताहरूलाई पुरस्कार प्रदान गर्दै

सुश्री सुसाना वू (चौथो दायाँ) आमाबुवा प्रतिष्ठानका कांस्य पुरस्कार विजेताहरूलाई पुरस्कार प्रदान गर्दै

 

आमाबुवा प्रतिष्ठानका सहभागीहरूबाट अनुभव साझा गर्दै

आमाबुवा प्रतिष्ठानले उनीहरूका बच्चाहरूको सिकाईलाई सहायता गर्ने क्षमताहरू सुधार गर्न मद्दत गर्न, एनसिएस ईएम आमाबुवाहरुको लागि विभिन्न कार्यशालाहरू प्रदान गर्दछ। दुई आमाबाबुले उही यात्रामा धेरै मानिसहरूलाई फाइदा हुने आशामा आमाबुवा प्रतिष्ठानमा भाग लिएर आफ्ना लाभहरू साझा गरे।

सुश्री साहुल हमीद कथीजथुल फिथरले हङकङमा चिनियाँ भाषा सिक्नका आफ्ना कठिनाईहरु र परियोजनाबाट कसरी लाभ उठाउनुभयो भन्ने कुरा साझा गर्नुहुन्छ।

सुश्री नवसाथ बानु साझा गर्नुभयो कि वहाँले यस परियोजनाबाट धेरै व्यावहारिक सिकाई स्रोतहरू प्राप्त गर्नु भएको छ, जस्तै भाषा अनुप्रयोग गाईडहरु र अनलाइन कथा पुस्तकहरु पढ्ने प्याकेज, साथै कसरी कार्यशालाहरूले वहाँ र वहाँका बच्चाहरूलाई सँगै चिनियाँ भाषा सिक्न मद्दत गर्‍यो ।

 

सांस्कृतिक रूपमा विशिष्ट प्रदर्शनहरु

आमाबुवा प्रतिष्ठानले आमाबुवा र विद्यार्थीहरूले विभिन्न संस्कृतिहरूको अद्भुत मिश्रणलाई प्रदर्शन गर्दै र विविध समाजको मूल्य र महत्त्वलाई प्रमुख रुपमा देखाउँदै तीन रोमाञ्चक र सांस्कृतिक रूपमा विशिष्ट प्रदर्शनहरू प्रस्तुत गरे।

'ट्विस्ट एण्ड जम्प सिङ-अलोङ' - एनसिएस बालबालिकाहरू रमाइलोसाथ क्यान्टोनिज बलागीतहरु गाउँछन् र नाच्छन्, समावेशीता प्रदर्शन गर्दै र बहुसांस्कृतिकतालाई अँगालेका छन्।

' आमाबुवा-बच्चा बलिउड डान्स' - रमाईलो नृत्य प्रदर्शन गरेर विभिन्न संस्कृतिहरूको बुझाई र प्रशंसालाई बढावा दिँदै परिवारहरू बाँध्छन्।

'आमाबुवा-बच्चा कुङ फू' - आमाबाबु र बच्चाहरूले मिलेर सांस्कृतिक रूपमा विशिष्ट मार्शल आर्ट फारमहरू र सामंजस्यपूर्ण समन्वय प्रदर्शन गर्छन्।

 

खेल बुथहरु र अनुभवात्मक कार्यशालाहरू

कार्यक्रमको दिन, सहभागीहरूलाई अन्तरक्रियात्मक गतिविधिहरू मार्फत विभिन्न संस्कृतिहरू बारे जान्न र चिनियाँ भाषा सिक्ने आनन्दको अनुभव गर्न अनुमति दिन खेल बुथहरू र प्रयोगात्मक कार्यशालाहरूको एक श्रृंखला स्थापित गरिएको थियो।

हिना (मेहेन्दी) स्टेशन - दक्षिण एसियाली कला अनुभव गर्न कार्यशाला

परम्परागत चिनियाँ आटाबाट पुतली बनाउने कार्यशाला - खाद्य आटाबाट  शिल्प मूर्ति बनाउनु

 

सांस्कृतिक-थीम र चिनियाँ भाषा ज्ञानमा आधारित खेल बुथहरू

Back to top