C-for-Chinese@JC

अभिभावक एकेडेमी पुरस्कार समारोह र बहुसांस्कृतिक चमत्कार कार्यक्रम

अभिभावक एकेडेमी पुरस्कार समारोह र बहुसांस्कृतिक चमत्कार कार्यक्रम

अभिभावक एकेडेमी पुरस्कार समारोह

गैर-चिनियाँ भाषी (NCS) अल्पसंख्यक जातीय (EM) अभिभावकहरूलाई घरमा रमाइलो र प्रभावकारी रुपमा सिक्ने वातावरण सिर्जना गर्न सहयोग गर्न, C-फर-चाइनिज@JC परियोजनाले यस वर्षको अभिभावक एकेडेमी पुरस्कार समारोह 22 जुन 2024 मा आयोजना गरेको थियो । विभिन्न परियोजना विद्यालयहरूबाट 107 NCS EM परिवारहरू आफ्ना बच्चाहरूसँग कार्यक्रममा उपस्थित भई उनीहरूको उपलब्धिहरूको उत्सव मनाउने र सफलताहरूको खुशी साट्ने क्रममा कार्यक्रममा उत्साहको माहोल थियो । यो एक हृदयस्पर्शी अवसर रहयो जहाँ सबैले आफ्नो अनुभव र अभिभावक एकेडेमीबाटका मुख्य अंशहरुको आदानप्रदान गरे।

थप रूपमा, 27 अप्रिलमा, हामीले "बहुसांस्कृतिक चमत्कारहरू: खेल्नुहोस्, पत्ता लगाउनुहोस्, र साथीहरू बनाउनुहोस्! कार्यक्रमको आयोजना गर्यौ जुन सांस्कृतिक समावेशीकरणलाई थप प्रवर्द्धन गर्ने र EM र चिनियाँ परिवारहरू बीचको अन्तरक्रिया बढाउने उत्कृष्ट अवसर थियो। विभिन्न जातजाति र पृष्ठभूमिका परिवारहरूले सांस्कृतिक आदानप्रदानको आनन्द लिँदै, बहुसांस्कृतिक-विषयवस्तुमा आधारित गतिविधिहरूको आनन्द लिन भेला भए ।

 

स्वागत मन्तव्

मिस एना फ्यान, उप कार्यकारी प्रबन्धक, च्यारिटीज,द हङकङ जक्की क्लब, C-फर-चाइनिज@JC परियोजनाको प्रतिनिधिले स्वागत मन्तव्य व्यक्त गर्नुभयो ।

 

परियोजना विद्यालयहरूलाई प्रशंसा प्रमाणपत्रहरूको वितरण

15 वटा किन्डरगार्टन र 11 वटा प्राथमिक विद्यालयहरूको बलियो समर्थनको साथ, 200 भन्दा बढी NCS EM परिवारहरूले परियोजनाबाट लाभ उठाएका छन्।

मिस्टर बेन्सन एनजी, निर्देशक, हङकङ शेंग कुंग हुई लेडी म्याक्लोहोज केन्द्र (बायाँ तर्फबाट चौथो) ले परियोजना विद्यालयहरूलाई प्रशंसा प्रमाणपत्रहरू प्रदान गर्नुभयो ।

मिस क्यारी चान, उप निर्देशक (एल्डर्ली, रिह्याबीलिटेश्न एण्ड कम्युनिटी), हङकङ क्रिश्चियन सर्भिस (बायाँ तर्फबाट तेस्रो) ले परियोजना विद्यालयहरूलाई प्रशंसा प्रमाणपत्रहरू प्रदान गर्नुभयो।

 

अभिभावक एकेडेमीको पुरस्कार वितरण समारोह

2023-2024 वर्षमा, अभिभावक एकेडेमीको किन्डरगार्टन र प्राथमिक विद्यालय स्तरका जम्मा 232 अभिभावकहरूलाई आफ्ना बालबालिकाको सिकाइ यात्रामा उत्कृष्ट साझेदार बन्ने प्रयास र समर्पणको लागि सम्मानित गरियो। तीमध्ये 102 जना अभिभावकहरूले स्वर्ण पुरस्कार प्राप्त गरे, 17 जनाले रजत पुरस्कार प्राप्त गरे, र 113 जनाले कांस्य पुरस्कार प्राप्त गरे।

मिस एना फ्यान (दायाँ तर्फबाट 5औ) ले अभिभावक एकेडेमीको प्राथमिक विद्यालय स्तरका स्वर्ण पुरस्कार विजेताहरूलाई पुरस्कार प्रदान गर्नुभयो।

 

हङकङ विश्वविद्यालयकी प्रतिनिधि मिस एलेन वोंग (दायाँ तर्फबाट पहिलो) ले अभिभावक एकेडेमीको प्राथमिक विद्यालय स्तरका रजत र कांस्य पुरस्कार विजेताहरूलाई पुरस्कार प्रदान गर्नुभयो।

 

मिस एमेलिया युंग, प्रबन्धक, च्यारिटीज, द हङकङ जक्की क्लब (बायाँ तर्फबाट 5औं) ले अभिभावक एकेडेमीको किन्डरगार्टन स्तरको स्वर्ण पुरस्कार विजेताहरूलाई पुरस्कार प्रदान गर्नुभयो।

 

डा. टिक्की टो-चान, हङकङको शिक्षा विश्वविद्यालयको बाल र परिवार विज्ञान केन्द्रको सहायक प्राध्यापक (दायाँ तर्फबाट तेस्रो र दायाँ तर्फबाट चौथो) ले अभिभावक एकेडेमीको प्राथमिक विद्यालय स्तरको रजत र कांस्य पुरस्कार विजेताहरूलाई पुरस्कार प्रदान गर्नुभयो।

 

अभिभावक एकेडेमीका सहभागीहरूबाट साझेदारी

अभिभावक एकेडेमीले NCS EM अभिभावकहरूलाई आफ्ना बच्चाहरूको किन्डरगार्टन शिक्षामा सहयोग गर्न विभिन्न पाठ्यक्रमहरू मात्र प्रदान गर्दैन, तर आवश्यक जानकारी र सामाजिक समर्थन पनि प्रदान गर्दछ जसले क्रमशः उनीहरूको अभिभावकत्व सीपहरूलाई सुधार गर्न मद्दत पुर्याउँछ। पुरस्कार समारोहमा फिलिपिन्स, भारत, नेपाल र पाकिस्तानका चार अभिभावकहरूले हङकङ बसोबासको अनुभवहरू र अभिभावक एकेडेमीमा सहभागी हुने फाइदाहरू गैर-चिनियाँ वक्ताको रूपमा साझा गरे, जसले सबैलाई सँगै बढ्न प्रेरित गर्यो।

फिलिपिन्सकी मिस आइभी डायन फुङ्गले आफ्नो साझेदारी मार्फत अन्य अभिभावकहरूलाई प्रोत्साहन र समर्थन ल्याउँछिन्।
 

भारतकी मिस शान्ति वेलान्डी, भाषा शिक्षिका, परियोजनामा सहभागी भएपछि आफ्ना बच्चाहरूलाई चिनियाँ भाषा सिक्न थप मद्दत कसरी गरेकी छिन् भन्ने कुरा साझा गर्छिन्।
 

मिस सुब्बा सुनिता, नेपालबाट, बालबालिकालाई चिनियाँ भाषा सिक्न प्रोत्साहित गर्ने तरिकाहरूमा आफ्नो दृष्टिकोण साझा गर्छिन्।

पाकिस्तानका मिस्टर फारूक रियाज सिद्दिकीले कार्यरत पिताको रूपमा आफ्नो अनुभव र दृष्टिकोण साझा गर्दै, कसरी उनले आफ्नी श्रीमतीसँग मिलेर आफ्ना बच्चाहरूको चिनियाँ भाषा सिक्ने कठिनाइहरूलाई सम्बोधन र पार गर्न सहयोग गर्छन् भन्ने विषयमा साझा गर्छन्।

 

सांस्कृतिक रूपमा विशिष्ट प्रदर्शनहरू

अभिभावक एकेडेमीका विद्यार्थीहरूले कराते प्रदर्शन गरे र चिनियाँ गीतहरू गाए, उनीहरूको सांस्कृतिक शिक्षाको परिणामहरू प्रदर्शन गर्दै र विविध समाजको सद्भाव र महत्त्वलाई प्रदर्शन गरे।

'के-फर-कराते'-बालबालिकाहरूले संस्कृतिले समृद्ध कराते प्रविधिहरू प्रदर्शन गर्छन्, एकता र विविधताको महत्त्वलाई उनीहरूको समन्वित प्रदर्शन मार्फत झल्काउछन्।

'खुशी परिवारहरूको लागि मेलमिलाप' - NCS बालबालिका र तिनीहरूका अभिभावकहरूले क्यान्टोनिज धुनहरूको रमाइलो गानमा एकजुट भएर सांस्कृतिक मेलमिलाप र समावेशीकरणको आनन्द देखाउँछन्।

 

बहुसांस्कृतिक चमत्कारहरू: खेल्नुहोस्, पत्ता लगाउनुहोस्, र साथीहरू बनाउनुहोस्!

कार्यक्रमको दिन, विभिन्न जातजाति र पृष्ठभूमिका परिवारहरू भेला भए। उनीहरूले मित्रताको बारेमा चिनियाँ कथाहरू पढे, हातले साना फोटो फ्रेमहरू बनाए, दक्षिण एसियाली हेनाको डिजाइन र चिनियाँ सुलेख "吉" अक्षर सहित केक सजाए, र दक्षिण एसियाली क्षेत्रहरूमा अत्यधिक मूल्यवान खेल क्रिकेट खेले। यी गतिविधिहरूले परिवारहरू बीच अन्तरक्रिया सहज बनाउनको साथै सहभागीहरूलाई बहुसांस्कृतिक समावेशको सुन्दरता अनुभव गर्न पनि अनुमति दिए।

Back to top