C-for-Chinese@JC ईण्डस्ट्रि वेबिनार 2024
C-for-Chinese@JC ईण्डस्ट्रि वेबिनार 2024
"सांस्कृतिक रूपमा उत्तरदायी - दोस्रो भाषा शिक्षण र सिकाई" नारा सहित C-for-Chinese@JC ईण्डस्ट्रि वेबिनार अगस्ट 2024 मा आयोजित गरिएको थियो । ताइवान, सिंगापुर र परियोजनाका सम्मानित वक्ताहरूले किन्डरगार्टन र प्राथमिक शिक्षामा फन्ड अफ नलेज (FoK), सांस्कृतिक उत्तरदायी शिक्षा (CRE), र सांस्कृतिक उत्तरदायी सेवा (CRS) लागू गर्ने उत्कृष्ट अभ्यासहरूको अन्वेषण गरे । साथै, गैर-सरकारी संस्थाका प्रतिनिधिहरू, बहुसांस्कृतिक शिक्षण सहायकहरू र परियोजनाद्वारा समर्थित अभिभावकहरूले आफ्ना सफलताका कथाहरू र अनुभवहरू साझा गरे ।
वेबिनारले समुदायको परियोजनामा व्यापक चासो र बलियो संलग्नता झल्काउँदै, 500 भन्दा बढी सहभागी कुल श्रोताको सहभागितामा शिक्षकहरू, सामाजिक सेवा पेशेवरहरू, विद्यालयका अगुवाहरू र अभिभावकहरूबाट उत्साहजनक समर्थन प्राप्त गर्यो ।
थिमेटिक प्यानल डिस्कसन: बहुसांस्कृतिक कक्षाहरुमा उत्कृष्ट अभ्यासहरु: फन्ड अफ नलेज (FoK) को उपयोग
मुख्य सारांश
हङकङ एक बहुसांस्कृतिक समाज भएको हुनाले, यो विविध समुदाय र अल्पसंख्यक जातीय (EM) परिवारहरूको घर हो । विभिन्न सांस्कृतिक पृष्ठभूमिका बालबालिकालाई चिनियाँ भाषा सिक्ने यात्रामा विद्यालय, परिवार र समुदायबाट सहकारी सहयोग चाहिन्छ । विषयगत प्यानलले ताइवान र सिङ्गापुरका प्रख्यात विद्वानहरूलाई स्थानीय अनुभवहरूको साथसाथै बहु एसियाली दृष्टिकोणबाट आफ्ना अन्तर्दृष्टिहरू साझा गर्न आमन्त्रित गरेको थियो ।
छलफलहरू क्षेत्रहरू बिचका समानता र भिन्नताहरूमा केन्द्रित थिए, विशेष गरी फन्ड अफ नलेज (FoK) को अवधारणा बुझ्न र लागू गर्ने र बहुसांस्कृतिक शिक्षाको प्रभावकारिता बढाउन घर-स्कूल-समुदाय सहयोगलाई बढावा दिने बारे ।
होस्ट
डा. साउ-यान हुई, लेक्चरर, शिक्षक शिक्षा र सिकाई नेतृत्वको शैक्षिक एकाइ, हङकङ विश्वविद्यालय, C-for-Chinese@JC परियोजना निर्देशक (गृह तथा सामुदायिक संलग्नता र समर्थन)
वक्ताहरु
प्रा. चेन-चेङ चुन, अन्तर्राष्ट्रिय मामिला कार्यालयका डीन, चिनियाँ संस्कृति र भाषा र भाषा केन्द्रका निर्देशक, दोस्रो / विदेशी भाषाको रूपमा चिनियाँ भाषा पढाउने स्नातक संस्थान, नेशनल काओसिङ सामान्य विश्वविद्यालय
डा. सोक-लाइ लिम, शिक्षक शिक्षा र स्नातक कार्यक्रमको कार्यालयमा अभ्यास र साझेदारीका लागि एसोसिएट डीन, नेशनल इन्स्टिच्युट अफ एजुकेशन, नान्याङ टेक्नोलोजिकल युनिभर्सिटीमा एशियाली भाषा र संस्कृति विभागका वरिष्ठ व्याख्याता ।
सेसन रिप्ले/Thematic_Panel_Discussion.jpg)
डा. साउ-यान हुई ( बायाँबाट पहिलो), प्रो चेन-चेङ चुन (केन्द्र), डा. सोक-लाई लिम(दाँयाबाट पहिलो)
थिमेटिक सेसन I: किन्डरगार्टन र सांस्कृतिक रूपमा उत्तरदायी शिक्षाको अभ्यासहरूमा FoK को आवेदन
मुख्य सारांश
गैर-चिनियाँ भाषी (NCS) विद्यार्थीहरूका लागि, स्थानीय किन्डरगार्टनमा प्रवेश गर्नु भनेको अपरिचित वातावरण, संस्कृति र भाषाहरूको सामना गर्नु हो, जसको लागि अनुकूलन अवधि लामो हुन सक्छ । यस सत्रमा, शिक्षा क्षेत्रमा विभिन्न भूमिकाहरूबाट तीन वक्ताहरूले किन्डरगार्टेनहरूमा FoK को अवधारणालाई प्रभावकारी रूपमा लागू गर्ने बारे व्यावहारिक अनुभवहरू साझा गरे ।
पाठ्यक्रम डिजाइन मार्फत, उनीहरूले बालबालिकाको परिवारबाट सङ्कलन गरिएको सांस्कृतिक पृष्ठभूमि ज्ञानलाई कक्षाकोठाको शिक्षणमा कसरी एकीकृत गर्ने भनेर प्रदर्शन गरे । यो दृष्टिकोणले, सांस्कृतिक रूपमा उत्तरदायी शिक्षा (CRE) को उपयोग गर्दै, साना बच्चाहरूलाई दोस्रो भाषाको रूपमा चिनियाँ सिक्ने चुनौतीहरू पार गर्न मद्दत गर्दछ ।
होस्ट
डा. साउ-यान हुई, लेक्चरर, शिक्षक शिक्षा र सिकाई नेतृत्वको शैक्षिक एकाइ, हङकङ विश्वविद्यालय, C-for-Chinese@JC परियोजना निर्देशक (गृह तथा सामुदायिक संलग्नता र समर्थन)
वक्ताहरु
डा. टिक्की तो-चान, हङकङको शिक्षा विश्वविद्यालयको बाल तथा परिवार विज्ञान केन्द्रका सदस्य
मिस चे-यान फोङ, सन आइल्याण्ड अंग्रेजी किन्डरगार्टनकी मुख्य शिक्षिका
सुश्री फारुक शमिला, 2022-2024 को स्नातक, हङकङको शिक्षा विश्वविद्यालयबाट प्रारम्भिक बाल शिक्षामा उच्च डिप्लोमा
/Thematic_Session_I.jpg)
/Thematic_Session_I.jpg)
डा. साउ-यान हुई (बायाँबाट पहिलो), डा. टिक्की तो-चान (बायाँबाट दोस्रो ), मिस जे-यान फोङ (दायाँबाट दोस्रो), सुश्री फारुक शमिला (दायाँबाट पहिलो)
थिमेटिक सेसन II: सँगै रुपान्तरण - किन्डरगार्टन-प्राथमिक विद्यालय रुपान्तरणमा FoK को भूमिकाहरु
मुख्य सारांश
किन्डरगार्टनबाट प्राथमिक विद्यालयमा हुने रुपान्तरणले बालबालिकाको विकासमा एउटा महत्त्वपूर्ण कोसेढुङ्गाको रूपमा चिन्ह लगाउँछ । यस सत्रले यस रुपान्तरणको चरणमा FoK र सांस्कृतिक उत्तरदायित्वको प्रयोगलाई थप अन्वेषण गर्यो । पठन योजना र क्रस-करिकुलर शिक्षण जस्ता पहलहरू मार्फत, शिक्षकहरूले कसरी यी रणनीतिहरूले शिक्षण परिणामहरू बढाउन र सहयोग प्रदान गरी विद्यार्थीहरूको लागि सहज र प्रभावकारी संक्रमण सुनिश्चित गर्नका लागि छलफल गरे ।
होस्ट
डा. साउ-यान हुई, लेक्चरर, शिक्षक शिक्षा र सिकाई नेतृत्वको शैक्षिक एकाइ, हङकङ विश्वविद्यालय, C-for-Chinese@JC परियोजना निर्देशक (गृह तथा सामुदायिक संलग्नता र समर्थन)
वक्ताहरु
डा. सि-हुई के, हङकङ पोलिटेक्निक युनिभर्सिटी, चिनियाँ भाषा तथा द्विभाषी विभागमा चिनियाँ भाषा शिक्षाका सह-प्राध्यापक
डा. मिङ-याओ सन, द हङकङ पोलिटेक्निक युनिभर्सिटी
सुश्री लाइ-चिंग यिप, द हङकङ पोलिटेक्निक युनिभर्सिटीबाट परियोजना सहायक
श्री बिन-मिंग याङ, द हङकङ पोलिटेक्निक युनिभर्सिटीका अनुसन्धान सहायक
श्री चि-सुन आउ, पात ह्युङ सेन्ट्रल प्राईमरी स्कुलका शिक्षक
/Thematic_Session_II.jpg)
/Thematic_Session_II.jpg)
डा. साउ-यान हुई (माथिबाट बाँया), डा. सि-हुई के (माथिबाट बिच), डा. मिङ-याओ सन (दायाँ शीर्ष), सुश्री लाइ-चिङ यिप (तलबाट बायाँ), श्री बिन-मिंग याङ (तलबाट केन्द्र), श्री चि-सुन आउ (तलबाट दायाँ)
थिमेटिक सेसन III: अभिभावक परिप्रेक्ष्य - घर- विद्यालय साक्षरता र समर्थन किन्डरगार्टन-प्राथमिक संक्रमणको लागि Fok प्रयोग गर्दै
मुख्य सारांश
गैर-चिनियाँ भाषी (NCS) विद्यार्थीहरू र चिनियाँ भाषा बोल्ने विद्यार्थीहरूको चिनियाँ भाषा सिका र सामाजिक विकासमा, विशेष गरी किन्डरगार्टन-देखि-प्राथमिक विद्यालय रुपान्तरण समयमा समर्थन गर्न विद्यालय, परिवार र समुदायबीचको सहकार्य महत्त्वपूर्ण छ ।
अनुभवी सामाजिक कार्यकर्ताहरूले उनीहरूले कसरी FoK लाई सांस्कृतिक रूपमा उत्तरदायी सेवाहरू (CRS) मा एकीकृत गर्छन्, NCS अभिभावकहरूलाई उनीहरूको बच्चाको सिकाई बुझ्न र स्कूलहरूसँग सञ्चार सुधार गर्न मद्दत गर्दछ भनि साझा गरे। थप रूपमा, परियोजनाको अभिभावक एकेडेमीका दुई NCS अभिभावकहरूले उनीहरूको वास्तविक जीवनका अनुभवहरूमा आधारित यस सहकार्यको प्रभावकारिताको बयान दिए ।
होस्ट
डा. साउ-यान हुई, लेक्चरर, शिक्षक शिक्षा र सिकाई नेतृत्वको शैक्षिक एकाइ, हङकङ विश्वविद्यालय, C-for-Chinese@JC परियोजना निर्देशक (गृह तथा सामुदायिक संलग्नता र समर्थन)
वक्ताहरु
सुश्री हेजल चाउ, C-for-Chinese@JC परियोजना टोली, Hong Kong Sheng Kung Hui Lady MacLehose Center को टोली प्रमुख (सामाजिक सेवा)
सुश्री यान लिउ, C-for-Chinese@JC परियोजना टोली, हङकङ क्रिश्चिन सर्भिसका सहायक परियोजना नेता
पाकिस्तानबाटश्रीमती समाइरा परवीन, अभिभावक एकेडेमीको सहभागी
नेपालबाट श्रीमती सुब्बा सुनिता, अभिभावक एकेडेमीको सहभागी
/Thematic_Session_III.jpg)
/Thematic_Session_III.jpg)
/Thematic_Session_III.jpg)
डा. साउ-यान हुई (बायाँ शीर्ष), सुश्री हेजल चाउ (केन्द्र शीर्ष), सुश्री यान लिउ (दायाँ शीर्ष), श्रीमती समाइरा परवीन (तलबाट बायाँ), श्रीमती सुब्बा सुनिता (तलबाट दायाँ)