शिक्षकहरू, विशेषज्ञ शिक्षकहरू, र विध्यालयका अगुवाहरु
विद्यालय अगुवा कार्यशाला
२०२२ देखि, C-for-Chinese@JC परियोजनाले विशेष गरी किन्डरगार्टेन शिक्षा योजनामा सहभागी विद्यालयका प्रधानाध्यापक, उप-प्रधानाध्यापक, प्रमुख शिक्षकहरु र अन्य वरिष्ठ विद्यालय अगुवाहरुलाई लक्षित गर्दै यो कार्यशाला सुरु गरेको छ।
यो हङकङका जातीय अल्पसङ्ख्यकहरुको परम्परागत सांस्कृतिक अभ्यास, सान्दर्भिक सरकारी नीति र नियमहरूबारे उनीहरूको बुझाइलाई बलियो बनाउन विद्यालयका अगुवाहरुलाई सेवा दिनको लागि डिजाइन गरिएको एक परिष्कृत प्रशिक्षण कार्यक्रम हो। यसले सहभागीहरूलाई भूमिका, कार्यहरू, जिम्मेवारीहरू, चुनौतीहरू, सांस्कृतिक समायोजन प्रवर्द्धनका लागि रणनीतिहरू सामना गर्न, र गैर-चिनियाँ भाषा बोल्ने (एनसिएस) विद्यार्थीहरूलाई सिकाईमा सहायता प्रदान गर्न सक्षम बनाउँछ।
कार्यशालाले सांस्कृतिक रूपमा संवेदनशील नेतृत्व सिद्धान्तहरू र विधिहरू, साथै प्रभावकारी विद्यालय अगुवा बन्न आवश्यक दिमागको बानीहरू समावेश गर्दछ। यसले बिभिन्न सांस्कृतिक पृष्ठभूमिका बच्चाहरूलाई सिकाउँदा विद्यालयका अगुवाहरूले हुनु पर्ने मानहरू, विश्वासहरू, र/वा स्वभावहरूलाई स्पष्ट पार्नमा केन्द्रित हुन्छ। यसले विद्यालय नेतृत्व अभ्यासहरूमा आलोचनात्मक आत्म-प्रतिबिम्बलाई पनि प्रोत्साहित गर्दछ।
कार्यशालामा सांस्कृतिक रूपमा उत्तरदायी मानकहरु, सामाजिक समायोजन, चिनियाँ भाषा र सामाजिक भावनात्मक सिकाईको छलफलहरू कार्यशालामा समावेश छन्।