शिक्षकहरू, विशेषज्ञ शिक्षकहरू, र विध्यालयका अगुवाहरु
गैर-चिनियाँ भाषी बालबालिकाको सिकाईलाई सहायता गर्न विशेषज्ञ शिक्षकको क्षमता निर्माण’ पाठ्यक्रम
२०२३ देखि, C-for-Chinese@JC परियोजनाले यो पाठ्यक्रम विशेष गरी किन्डरगार्टेन शिक्षा योजनामा सहभागी विद्यालयका अनुभवी शिक्षकहरूलाई लक्षित गर्दै सुरु गरेको छ जसले गैर-चिनियाँ भाषी (एनसिएस) किन्डरगार्टेन विद्यार्थीहरूलाई सहायता गर्ने आधारभूत पाठ्यक्रम पूरा गरेका छन्।
यो पाठ्यक्रमले अनुभवी किन्डरगार्टेन शिक्षकहरूको लागि व्यावसायिक विकास र प्रशिक्षण प्रदान गर्ने लक्ष्य राखेको छ जसले एक विद्यालय टोलीलाई सांस्कृतिक रूपमा उत्तरदायी शिक्षणको योजना, कार्यान्वयन र मूल्याङ्कन गर्न र एनसिएस बालबालिकाका लागि उपयुक्त सिकाई र सिकाउने विधिहरू र सहायता उपायहरू उपलब्ध गराउनु हो।
पाठ्यक्रमले एनसिएस बालबालिकाका लागि पाठ्यक्रम र शिक्षण अभ्यासहरूको समन्वयको लागि सांस्कृतिक रूपमा उत्तरदायी शिक्षण मानकहरु, सामाजिक समायोजन, चिनियाँ भाषा र सामाजिक-भावनाात्मक सिकाईमा शिक्षकहरूको ज्ञान र सीपहरूलाई बलियो बनाउनेछ।
यसले सिद्धान्तहरूलाई व्यवहारमा लागू गर्नमा केन्द्रित गर्नेछ, जस्तै ज्ञान कसरी निर्माण गरिन्छ, प्रभावकारी सिकाउने विधिहरू, तालमेल निर्माण, विद्यालयमा आधारित पाठ्यक्रम अनुकूलन, पृथक शिक्षण, पाठ्यक्रम योजना र वितरण, योजना गतिविधिहरूमा ज्ञानको कोषको प्रयोग, र सिक्ने प्रक्रियामा साना बालबालिका र उनीहरूका आमाबुवाहरुको सहभागितालाई बढावा दिन्छ।